डोटी — बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौ घर भएकी ईसरा बोहराले २३ वर्षपछि अपंगता परिचयपत्र पाएपछि जीवनभरिको खुसी थपिएको बताएकी छन् । बुधबार गाउँपालिकाकी उपाध्यक्ष विष्ना देउवा बमको नेतृत्वमा गएको टोलीले बोहराको घरमा नै गएर ‘क’ वर्गको अपंगता परिचय पत्र वितरण गरेको हो ।